नियम ४१
आम्दानी रकम बुझ्ने र दाखिला गर्ने
(१) जिल्ला विकास समितिलाई प्रचलित कानून
बमोजिम प्राप्त हुने रकम आम्दानी रसिद काटी बुझि लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको रकम गोश्वारा भौचर उठाई
सम्बन्धित खातामा आम्दानी बा“धी त्यस्तो नगद प्राप्त भएको भोलिपल्टसम्ममा बैड्ढ
दाखिला गर्नु पर्नेछ ।
(३) जिल्ला विकास समितिको आम्दानी रकम बैड्ढ दाखिला गर्ने र लेखा राख्ने
उत्तरदायित्व अधिकार प्राप्त अधिकारीको हुनेछ ।